डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी : डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनिट्रक आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो। मृतक दुई जनाको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

वैशाख १०, २०८२ बुधबार ०९:११:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।