जम्मू-कश्मीरमा बन्दुकधारीहरूको आक्रमणपछि साउदीको भ्रमण छोट्याएर फर्किए मोदी

जम्मू-कश्मीरमा बन्दुकधारीहरूको आक्रमणपछि साउदीको भ्रमण छोट्याएर फर्किए मोदी

 
एजेन्सी : मंगलबार जम्मू-कश्मीरमा भएको बन्दुकधारीहरूको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किएका छन्।

साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबीएस)को निमन्त्रणामा मोदी मंगलबार साउदी अरबको दुई दिने भ्रमणमा पुगेका थिए।

उनी बुधबार एक राजकीय रात्रिभोजमा सहभागी हुने कार्यक्रम थियो भने त्यसपछि एक कारखानामा भारतीय कामदारहरूलाई भेट्ने कार्यक्रम थियो। तर कश्मीर आक्रमणका कारण उनको कार्यक्रम बीचैमा छोट्याएर फर्किएका हुन्।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गर्दै जम्मू कश्मीरमा भएको आतंकवादी हमलामा निर्दोष मानिसहरूको मृत्यु भएकोमा समवेदना व्यक्त गरेका छन्।

मोदी आज सुरक्षा मामिलामा केन्द्रीय मन्त्रिपरिषद्को बैठकमा भाग लिनेछन्।

वैशाख १०, २०८२ बुधबार ०८:३७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।