आईपीएलमा लखनउमाथि दिल्लीको शानदार जित

आईपीएलमा लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौं : केएल राहुल र अभिषेक पोरेलले अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ।

मंगलबार दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराएको हो। लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।

केएल राहुलले अविजित ५७ रन तथा अभिषेक पोरेलले ५१ रन बनाए। कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे। लखनउका लागि दुवै विकेट एइडेन मार्क्रमले लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। एइडेन मार्क्रमले ५२ तथा मिचेल मार्शले ४५ रन बनाए। आयुष बदोनीले ३६ रन बनाए।

सुरुवाती १० ओभरमा १ विकेट गुमाएर ८७ रन बनाए पनि फिनिसिङ फितलो हुँदा लखनउले च्यालेन्जिङ योगफल खडा गर्न सकेन।

दिल्लीका मुकेश कुमारले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए। मिचेल स्टार्क र दुस्मान्था चमीराले १-१ विकेट लिए।

यस जितसँगै दोस्रो स्थानको दिल्लीको ८ खेलमा १२ अंक भएको छ भने ९ खेलमा १० अंक भएको लखनउ पाँचौं स्थानमा छ।

वैशाख १०, २०८२ बुधबार ०७:०९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।