वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको झलनाथको दाबी

वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको झलनाथको दाबी

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सङ्कट समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरणको  प्रयास भइरहेको बताएका छन्।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले राष्ट्रियता, जनजीविका, सामाजिक रुपान्तरणलगायत विषयलाई उचित ढङ्गले अघि बढाउन कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गर्नुपर्ने बताए। 

ठूला पार्टीको आत्मकेन्द्रित स्वार्थीपनका कारण जनताको समृद्धिको चाहना पूरा हुन नसकेको बताउँदै उनले जनतामा असन्तोष, विरोध र आक्रोश  बढ्दै गएकाले यसको जिम्मेवारी ठूला पार्टीहरूले लिनुपर्ने टिप्पणी गरे।

पूर्व प्रधानमन्त्रीसमेत भइसकेका नेता खनालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफ्नो पार्टी भएको उल्लेख गरे।

वैशाख ९, २०८२ मंगलबार २१:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।