रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश: सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएसँगै अब सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको हो। रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो। प्रारम्भिक सुनुवाइपछि जारी गरेको कारण देखाउ आदेशपछि अब रिटको संयुक्त इजलासमा सुनुवाई हुनेछ।
लामिछानेकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।सुप्रिम सहकारी हिनामिना प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा राख्ने आदेश दिएपछि रवि भैरहवा कारागारमा छन्।
यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सर्वोच्चले हाल उच्च अदालत र जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरिसकेको छ।
वैशाख ९, २०८२ मंगलबार १४:३३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।