एसएमएल इसुजुद्वारा लक्ष्मी ग्रुपलाई नेपालको एक मात्र आधिकारिक वितरक नियुक्त

काठमाडौं : जापानी प्रविधिमा आधारित र भारतमा निर्मित एसएमएल इसुजुले नेपालका लागि लक्ष्मी ग्रुपलाई आधिकारिक वितरक नियुक्त गरेको छ।
नेपाली भू-बनोट र बजारमा लोकप्रिय एसएमएल इसुजुका बस र ट्रकहरू लामो समयदेखि प्रभावकारी मानिँदै आएका छन्।
लक्ष्मी कमर्सियल भेहिकल्सले आधिकारिक वितरकको जिम्मेवारी पाएसँगै बजार विस्तार र सुदृढीकरणमा तीव्रता ल्याउने प्रतिबद्धता जनाएको छ।
विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारी बिक्री गर्दै आएको लक्ष्मीले सातै प्रदेशमा सेल्स र सर्भिस सञ्जाल विस्तार गरेको छ।
कम्पनीका सेल्स हेड सञ्जय खड्काले देशभर स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरिने र ग्राहकको सहजतामा विशेष ध्यान दिइने बताए।
उनले भने, ‘हाम्रो समर्पण र मेहनतलाई मध्यनजर गर्दै एसएमएल इसुजुले हामीलाई यो जिम्मेवारी दिएको हो। हामी यसबाट उत्साहित छौँ।’
एसएमएल इसुजुले नेपाली बजारमा लाइट र मिडियम ट्रक, टिपर, स्कूल बस र स्टाफ बसका विभिन्न मोडल उपलब्ध गराउँदै आएको छ।
विशेषगरी स्कूल बस सेग्मेन्टमा यो ब्रान्ड लामो समयदेखि अग्रणी स्थानमा छ।
वैशाख ९, २०८२ मंगलबार १२:१८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।