एकै दिन ६९ सयले बढ्यो सुन, मूल्य दुई लाख नजिक

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ।
एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो।
सोमबार तोलामा एक लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
वैशाख ९, २०८२ मंगलबार ११:१३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।