काठमाडौंमा कार्लोस

काठमाडौंमा कार्लोस

काठमाडौं : ब्राजिलका विश्वकप विजेता महान फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।

नेपाल सुपर लिग (एनएसएल)का खेल हेर्न नेपाल भ्रमणमा आएको आयोजक एनएसइएमले जानकारी दिएको छ।

यसअघि वैशाख ५ गते नै कार्लोस नेपाल आउने तय भए पनि स्वास्थ्यका कारण उनको भ्रमण पछि सरेको थियो।

स्पेनिस महान् क्लब रियल मड्रिडका पूर्वखेलाडी कार्लोससहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो।

एनएसएलको फाइनल यही वैशाख १३ गते हुँदैछ।

वैशाख ९, २०८२ मंगलबार ११:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।