दानव नदीमा बेपत्ता दुई बालकको शव सशस्त्रको गोताखोरले निकाल्यो

दानव नदीमा बेपत्ता दुई बालकको शव सशस्त्रको गोताखोरले निकाल्यो

काठमाडौं : सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ।

प्रहरीको गोताखोरले मंगलबार विहान सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव फेला पारेको हो। उनीहरूको खोजीको लागि राती नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो।

सुरक्षा वेश लुम्बिनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइराला र बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव  फेला पारेको हो।

बेपत्तामध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो।

वैशाख ९, २०८२ मंगलबार ०९:५२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।