कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाडौं : कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्दैछ। वैठक अहिले विहान आठ बजे बस्दैछ।

बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए।

परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।

सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।

वैशाख ९, २०८२ मंगलबार ०७:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।