ट्रम्प नीतिका कारण संकटमा अमेरिकी पर्यटन उद्योग, ७२ अर्ब डलर गुमाउने जोखिम

एजेन्सी : अमेरिका घुम्न जाने पर्यटकहरूले धमाधम यात्रा रद्द गर्न थालेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण ‘व्यापार युद्ध’ चर्किएसँगै मार्चमा विदेशी पर्यटक लगभग १२ प्रतिशतले घटेका छन्।
अमेरिकी पर्यटन उद्योगले लामो समयदेखि विश्वका अन्य देशहरूसँग उल्लेखनीय व्यापार गरिरहेको थियो।
जसले २०२४ को लागि लगभग १.३ ट्रिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ र लगभग १ करोड ५० लाख रोजगारी सिर्जना गरेको छ।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार प्रशासनको तथ्याङ्क अनुसार, मध्य अमेरिकाबाट आउने आगन्तुकहरूको संख्यामा ह्वात्तै घटेको छ। त्यस्तै पश्चिमी युरोपबाट आउने पर्यटकहरू १७ प्रतिशतले घटेका छन्। जर्मनी र स्पेनबाट आउने पर्यटकमा क्रमशः २८ प्रतिशत र २५ प्रतिशतले गिरावट आएको छ।
अमेरिकी यात्रा संघका अनुसार क्यानेडियालीहरूले वार्षिक रूपमा लगभग २ करोड भ्रमण गर्छन्। जाडोबाट बच्न फ्लोरिडा, एरिजोना र क्यालिफोर्निया जस्ता राज्यहरूमा छुट्टी मनाउन जाने र उनीहरूले २० अर्ब डलरभन्दा बढी खर्च गर्ने गरेका छन्। तर क्यानडाबाट अमेरिकाको सडक यात्रामा ३२ प्रतिशतले गिरावट आइसकेको छ।
ट्रम्प नीतिका कारण अमेरिकको अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको छ। अमेरिकी यात्रा संघले यस वर्षभरि यस क्षेत्रले ७२ अर्ब डलर गुमाउन सक्ने चेतावनी दिएको छ।
पर्यटन अर्थशास्त्रको उद्योग अनुसन्धान फर्मले अप्रिल ३ मा जारी गरेको आफ्नो प्रतिवेदनमा २०२५ मा संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय आगन्तुकहरूमा ९.४ प्रतिशत गिरावट आउने प्रक्षेपण गरेको छ।
वैशाख ८, २०८२ सोमबार २०:४१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।