एसएमएल इसुजुको आधिकारिक वितरकमा लक्ष्मी ग्रुप नियुक्त

एसएमएल इसुजुको आधिकारिक वितरकमा लक्ष्मी ग्रुप नियुक्त

काठमाडौं : जापानी प्रविधिमा आधारित र भारतमा निर्मित बस तथा ट्रक उत्पादन गर्दै आएको एसएमएल इसुजुले नेपालका लागि एक मात्र आधिकारिक वितरकको रूपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारीसाधन बिक्री गर्दै आइरहेको छ। कम्पनीका अनुसार हाल नेपालका सातै प्रदेशमा बिक्री तथा सेवा सञ्जाल विस्तार भइसकेको छ भने आगामी दिनमा अझै विस्तार गर्ने योजना रहेको सेल्स हेड सञ्जय खड्काले जानकारी दिए।

उनले देशभर स्पेयर पार्ट्सको सहज उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कम्पनीको समर्पण, प्रतिबद्धता र मेहनतका आधारमा एसएमएल इसुजुले पूर्ण अधिकार प्रदान गरेको जनाइएको छ।

नेपाली भू–बनोट तथा बजारका लागि उपयुक्त मानिएका एसएमएल इसुजु ब्रान्डका स्कुल बस, स्टाफ बस, लाइट र मिडियम ट्रक तथा टिप्परहरू नेपाली बजारमा लोकप्रिय छन्। विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्रान्ड अग्रणी स्थानमा रहेको कम्पनीको दाबी छ।

वैशाख ८, २०८२ सोमबार २०:१९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।