नागरिक लगानी कोषद्वारा अवकाश कोषमा सहभागीलाई १ प्रतिशतका दरले प्रतिफल वितरण

काठमाडौं : नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई एक प्रतिशतका दरले कुल एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल वितरण गरेको छ।
कोष सञ्चालक समितिको हालैको बैठकले २०८० चैत मसान्तसम्मको मौज्दातका आधारमा २०८१ असार मसान्तसम्म कोषमा मौज्दात रहेका सहभागीहरूलाई उक्त प्रतिफल दिने निर्णय गरेको हो।
उक्त रकम सहभागीहरूको खातामा जम्मा भइसकेको कोषले जनाएको छ।
यसअघि पनि नागरिक लगानी कोषले समय-समयमा सहभागीहरूको खातामा अतिरिक्त प्रतिफल प्रदान गर्दै आएको छ।
वैशाख ८, २०८२ सोमबार २०:०१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।