एमएडब्लु वृद्धिलाई चांगानको 'नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड'

एमएडब्लु वृद्धिलाई चांगानको 'नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड'

काठमाडौं : चीनको चोङकिङमा आयोजित २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फरेन्समा नेपालका लागि चांगान र दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ।

नेपालमा चांगान ब्रान्डको प्रभावकारी प्रवर्द्धन र डिलरसिप सञ्जाल विस्तारमा गरेको सफलताका लागि यो सम्मान दिइएको जनाइएको छ।


दिपलले नेपालमा पहिलो वर्षमै ८ सयभन्दा बढी इभी बिक्री गर्नुका साथै सय भन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल विस्तार गरेको छ। 

यसअघि पनि एमएडब्लु वृद्धिलाई चांगानले 'सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड' प्रदान गरिसकेको छ।

वैशाख ८, २०८२ सोमबार १९:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।