सप्तकोशी नदीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता

सप्तकोशी नदीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता

इटहरी  । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता भएका छन्। 

सप्तकोशीमा बगेर बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका १६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । 

उनीहरू सोमबार बराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए । बेपत्ता परिवारका अनुसार शुरूमा भान्जा जेनिसलाई नदीले बगाएको थियो । उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।  

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोज तथा उद्धार कार्य शुरू गरेको छ । हालसम्म दुबै जना फेला नपरेको डीएसपी खतिवडाले जानकारी दिए ।

वैशाख ८, २०८२ सोमबार १८:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।