शिक्षक आन्दोलनले दबाबमा परेकी शिक्षामन्त्रीले दिइन् राजीनामा

काठमाडौं : शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी छन्। शिक्षक महासंघसँग भइरहेको लामो संवाद निष्कर्षहिन भएपछि दबाबमा रहेकी मन्त्री भट्टराईले बालुवाटार पुगेर राजीनामा बुझाएकी हुन्।
शिक्षकहरू आन्दोलनरत अवस्थामा रहेको समयमा उनको राजीनामाले राजनीतिक तथा शैक्षिक वृत्तमा तरंग ल्याएको छ। आन्दोलन चर्किँदै गएको र समाधानको कुनै ठोस आधार नजुटेपछि उनी आलोचनाको केन्द्रमा परेकी थिइन्।
आजै केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामाबारे छलफल हुनेछ।
वैशाख ८, २०८२ सोमबार १८:१०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।