८८ वर्षको उमेरमा अस्ताए पोप फ्रान्सिस

एजेन्सी : पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ। भ्याटिकनले एक वक्तव्य जारी गर्दै पोपको निधन भएको पुष्टि गरेको हो।
‘प्रिय दाजुभाइ र दिदी बहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ’, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने, ‘आज बिहान ७ः३५ बजे रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो।’
फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुगेका थिए।
आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै शुभकामना र आशीर्वाद दिएका थिए।
वैशाख ८, २०८२ सोमबार १५:४७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।