नयाँ वर्षमा रियलमी र एनसेलको अफर : सी७५ स्मार्टफोन किन्दा निःशुल्क डाटा र टक टाइम

नयाँ वर्षमा रियलमी र एनसेलको अफर : सी७५ स्मार्टफोन किन्दा निःशुल्क डाटा र टक टाइम

काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ वर्षको अवसरमा एनसेलसँग सहकार्य गर्दै ‘न्यु इएर न्यु मी विथ एनसेल एन्ड रियलमी’ अफर सार्वजनिक गरेको छ।

टेक्नोलोजी र कनेक्टिभिटीलाई एकसाथ ल्याउने उद्देश्यसहित प्रस्तुत गरिएको यो अफर नेपाली प्रयोगकर्ताका लागि ल्याइएको कम्पनीहरूकाे भनाइ छ।

यो योजनाअन्तर्गत रियलमी सी७५ स्मार्टफोन खरिद गर्दा एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचर र ५० मिनेट निःशुल्क टक टाइम प्रदान गरिनेछ।

फोरजी र भीओएलटीई सेवा उपयोग गर्न चाहने प्रयोगकर्ताका लागि यो अफर एक राम्रो सुरुवात हुने बताइएको छ।

रियलमी सी७५ ८+१२८ जीबी र ८+२५६ जीबी गरी दुई स्टोरेज भेरिएन्टमा उपलब्ध छन्। यिनीहरूको मूल्य क्रमश: २७ हजार र ३० हजार रुपैयाँ तोकिएको छ।

६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्रीसहित फोन दिनभर सजिलै चल्छ। साथै, आईपी६९ स्तरको धुलो र पानी प्रतिरोधी बनावटका कारण यो फोन वाटर प्रुफ, डस्ट प्रुफ र ड्रप प्रुफ छ।

यो अफर देशभरका रियलमी आधिकारिक स्टोरहरूमा सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

वैशाख ८, २०८२ सोमबार १३:३४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।