मेटलाइफ नेपालद्वारा ‘डबल प्रोटेक्सन प्लस’ बिमा योजना सार्वजनिक

मेटलाइफ नेपालद्वारा ‘डबल प्रोटेक्सन प्लस’ बिमा योजना सार्वजनिक

काठमाडौं : मेटलाइफ नेपालले आफ्नो नवीनतम बिमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक गर्दै नेपाली बिमा क्षेत्रमा नयाँ कीर्तिमान स्थापना गरेको छ।

विश्वसनीय उच्च बीमा सुरक्षा र स्मार्ट बचतलाई एउटै योजनामा समेटिएको यो प्रकारको बीमा नेपालमा पहिलो नवप्रवर्तित भएको कम्पनीको दाबी छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको एक घण्टामै १०० वटा पोलिसी बुक भएको कम्पनीले जनाएको छ।

डबल प्रोटेक्सन प्लस योजनाले ग्राहकलाई डबल बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्पहरू र आकर्षक दीर्घकालीन बचत सुविधाहरू प्रदान गर्छ। ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी वा केवल ५ वा १० वर्षको सीमित अवधिको प्रिमियम भुक्तानी विकल्प रोज्न सक्छन्, जसअनुसार योजना अवधिभर बीमा सुरक्षा पाइन्छ।

यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ। ७५ वर्षसम्मको बीमा सुरक्षा सुनिश्चित गर्दछ। लचिलोपन र भरपर्दो बीमा सुरक्षाले गर्दा यो योजना आजको मितिमा बजारमा उपलब्ध सबैभन्दा आकर्षक सुरक्षा तथा बचत योजनामध्ये एक बनेको छ।

यस योजनाको मुख्य विशेषता हो डबल बीमाङ्क रकमको लाभ हो। यदि योजना अवधिमा दुर्घटना वा रोगका कारण बीमित व्यक्तिको मृत्यु वा पूर्ण तथा स्थायी अपाङ्गता वा असक्षमता भएमा, इच्छाइएको व्यक्ति वा बीमित व्यक्तिलाई बीमाङ्क रकमको दोब्बर रकम एकमुष्ट रूपमा प्रदान गरिन्छ।

कार्यक्रममा बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले डबल प्रोटेक्सन प्लस योजनाले नेपाली परिवारहरूलाई मानसिक शान्ति र वित्तीय सुरक्षाको अनुभव दिलाउने दाबी गरे।

वैशाख ८, २०८२ सोमबार १२:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।