शंकरापुरमा पत्नीको हत्यापछि पति फरार, दुई सन्तान घाइते

शंकरापुरमा पत्नीको हत्यापछि पति फरार, दुई सन्तान घाइते

काठमाडौं : काठमाडौंको शंकरापुर नगरपालिका-९ मा एक महिलाको हत्या भएको छ।

५८ वर्षीय पदमबहादुर तामाङले दोस्रो विवाह गरेकी ४६ वर्षीया पत्नी माइली तामाङको गए राति खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पदमबहादुरले माइलीलाई रिसको झोकमा राति साढे ९ बजेतिर खुकुरी प्रहार गरेका थिए। आक्रमणमा माइलीको घटनास्थलमै मृत्यु भएको  थियो।

माइली राति आफ्ना पूर्वपतिका दुई सन्तानसँग सुतेकी थिइन्। आक्रमणमा ती दुई बालबालिका पनि गम्भीर घाइते भएका छन्। घटनामा घाइते भएका १० र ११ वर्षका बालबालिकाहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

उनीहरूको विवाह भएको दुई महिना मात्र भएको थियो। दम्पतिले त्यहाँ कृषिकार्य गरी जीविकोपार्जन गर्दै आएका थिए। हत्यापछि पदमबहादुर फरार छन्।

वैशाख ८, २०८२ सोमबार ११:४८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।