तेस्रो मुलुकलाई चीनको चेतावनी- चीनलाई हानी हुने गरी अमेरिकासँग व्यापार सम्झौता गरे कडा कदम चाल्छौँ

एजेन्सी : चीनको वाणिज्य मन्त्रालयले चीनलाई हानी पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने बताएको छ।
अमेरिकासँगको व्यापार सम्झौताले चीनलाई हानी क्षति पुग्ने अवस्था आएमा कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी चीनले दिएको छ।
चीनको वाणिज्य मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने भन्दै अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरू देशसँग सहकार्य गर्न चीन तयार रहेको समेत बताएको छ।
अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिनसक्छ भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि चीनले यस्तो बयान जारी गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको छ। यसको पहिलो चरणमा करहरूमा अस्वभाविक वृद्धि देखिएको छ।
अमेरिकाले चीनबाट आयात हुने सामानमा २४५ प्रतिशतसम्मको कर थोपार्दा चीनले त्यसको प्रतिक्रियास्वरूप १२५ प्रतिशत कर लगाएको छ।
वैशाख ८, २०८२ सोमबार ०९:२८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।