शेख हसिनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई बंगलादेशको आग्रह

एजेन्सी : बंगलादेश प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई आग्रह गरेको छ। हसिना बाहेक अन्य ११ जना विरुद्ध पनि यस्तै माग गरिएको छ।
शेख हसिना गत वर्ष अगस्टमा भएको विद्रोहदेखि नै भारतमा बस्दै आएकी छिन्। उनीहरूमाथि मानवता विरुद्धको अपराध र नरसंहारको आरोप लगाइएको छ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले शेख हसिना, उनका पूर्व मन्त्रीहरू, सल्लाहकारहरू र अधिकारीहरू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो।
इन्टरपोलको रेड नोटिसले कुनै पनि व्यक्तिलाई पत्ता लगाउन र सुपुर्दगी वा कानुनी कारबाही अघि अस्थायी रूपमा पक्राउ गर्न मद्दत गर्छ।
हसिनाले भनिन्- बंगलादेश अब आतंकवादी देश बनेको छ
अप्रिल ८ मा सामाजिक सञ्जालमा बोल्दै शेख हसिनाले पहिले बंगलादेशलाई विकासको मोडेलको रूपमा हेरिन्थ्यो, तर अहिले यो आतंकवादी देश बनेको बताएकी थिइन्।
‘हाम्रा नेता र कार्यकर्ताहरूलाई जुन तरिकाले मारिएको छ, त्यसको वर्णन पनि गर्न सकिँदैन। अवामी लिग, प्रहरी, वकिल, पत्रकार, कलाकार सबै मारिएका छन्’, उनले भनेकी थिइन्।
वैशाख ८, २०८२ सोमबार ०८:३६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।