क्यानडाको चुनावमा कीर्तिमान अग्रिम मतदान

एजेन्सी : क्यानडाको आम चुनाव हुनुभन्दा चार दिनअघि धेरै क्यानेडियाली नागरिकहरूले अग्रिम मतदानमा भाग लिइसकेका छन्। यो अग्रिम मतदान सोमबार सकिँदैछ।
क्यानडाको आम चुनावको लागि मतदान अप्रिल २८ मा हुने तालिका छ, तर त्यहाँ अग्रिम मतदानको नियम छ। जसअन्तर्गत मानिसहरूले आफ्नो मतदान गर्न सक्छन्।
अप्रिल १८, २०२५ (शुक्रबार) को पहिलो दिनमा मात्र करिब २० लाख क्यानाडालीहरूले मतदान गरे, जुन अग्रिम मतदानको इतिहासमा अहिलेसम्मकै उच्च एकदिने सहभागिता हो ।
यो संख्या सन् २०२१ को निर्वाचनको पहिलो दिनको तुलनामा ३६ प्रतिशतले बढी हो । मतदान केन्द्रहरूमा लामो लाइनहरू देखिएका थिए, जसले नागरिकहरूको सक्रिय सहभागिता र निर्वाचनप्रति चासो बढेको संकेत गर्छ।
क्यानडाले अमेरिकाबाट भारी कर लगाइरहेको समय र राष्ट्रपति ट्रम्पको क्यानडालाई अमेरिकामा विलय गर्ने घोषणा गरिरहँदा यो चुनावलाई महत्वपूर्ण मानिएको छ।
लिबरल पार्टीका नेता तथा पूर्व केन्द्रीय बैंकर मार्क कार्नी हाल मतदानमा अगाडि छन्। तर उनका कन्जरभेटिभ प्रतिद्वन्द्वी पियरे पोइलिभ्रेले पनि राम्रो सार्वजनिक समर्थन पाइरहेका छन्।
क्यानडाका वर्तमान प्रधानमन्त्री मार्क कार्नी हुन्। मार्क कार्नीले क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिएका छन्। आफ्नै पार्टीको बढ्दो दबाबका कारण ट्रुडोले जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
वैशाख ८, २०८२ सोमबार ०८:०९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।