यी स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव छ।
वैशाख ८, २०८२ सोमबार ०७:४३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।