विश्व गतिविधि : विद्यार्थीको भिसा रद्द नीति विरुद्ध अमेरिकामा प्रदर्शनदेखि प्यालेस्टाइनको पक्षमा पाकिस्तानमा प्रदर्शनसम्म

विश्व गतिविधि : विद्यार्थीको भिसा रद्द नीति विरुद्ध अमेरिकामा प्रदर्शनदेखि प्यालेस्टाइनको पक्षमा पाकिस्तानमा प्रदर्शनसम्म
गाजा सिटीमा खाद्य वितरण केन्द्रबाट निःशुल्क खानाका लागि पर्खँदै बालबालिकाहरू। संयुक्त राष्ट्र प्यालेस्टाटिनी शरणार्थी राहत तथा कार्य एजेन्सीले गाजाका सीमा नाकाहरू लगातार सातौँ हप्तासम्म बन्द हुँदा मानवीय सहायता, चिकित्सा आपूर्ति, खोप र इन्धन प्रवेश रोकिएको जानकारी दिएको छ।

काठमाडौँ : विभिन्न बहानामा आप्रवासीहरूलाई देशबाट निकाल्ने क्रम तीव्र बनाएसँगै अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध निरन्तर प्रदर्शन भइरहेका छन्। अवैध आप्रवासीसँगै ट्रम्प प्रशासनले पछिल्लो समय विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भिसा रद्द गर्ने क्रम बढाएको छ। यसको निरन्तर विरोध भइरहेको छ।

उता भारतमा पनि आइतबार वामपन्थी कार्यकर्ताहरू राज्य तथा केन्द्रीय सरकारका विभिन्न श्रम नीतिहरूको विरोधमा कोलकातामा विरोध प्रदर्शनमा उत्रिए। इजरायलले प्यालेष्टाइनमा निरन्तर आक्रमण जारी राखेको छ भने आक्रमणको विपक्षमा विभिन्न देशमा विरोध प्रदर्शन पनि भइरहेका छन्। आइतबार पाकिस्तानमा इजरायलको विपक्षमा विरोध प्रदर्शन भएको थियो।

बाँकी विश्वका गतिविधि तस्बिरमा :

‘ICE नयाँ गेस्टापो हो’ भन्ने सङ्केतसहित ट्रम्प प्रशासनविरुद्ध भइरहेको प्रदर्शनमा सहभागी। डोनाल्ड ट्रम्पको आप्रवासी सम्बन्धी नीतिको विपक्षमा निरन्तर प्रदर्शन बढी रहेका छन्।

जमाअत-ए-इस्लामी (जेआई) पार्टीका समर्थकहरूले प्यालेस्टाइनहरुको पक्षमा इस्लामाबादमा प्रदर्शन गरे।

भारतको कोलकातामा राज्य तथा केन्द्रीय सरकारका विभिन्न श्रम नीतिहरूको विरोधमा वाम सुगठनहरूद्वारा आयोजित सभा।

लास भेगास, नेभाडाको एलिजियन्ट स्टेडियममा रेसलमेनिया महिला च्याम्पियनसिप म्याचमा कुस्ती खेल्दै महिला सहभागी।

मध्य चीनको हुबेइ प्रान्तको जुआन'एन काउन्टीमा फूलहरू फुलेको बिचमा तस्बिरका लागि पोज दिँदै पर्यटकहरू।

वैशाख ७, २०८२ आइतबार २२:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।