क्यानडा, जापान र मालदिभ्स पठाउने भन्दै ठगेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : आकर्षक तलबको प्रलोभनमा रोजगारीका लागि विभिन्न जापान,क्यानडा र मालदिभ्स पठाउने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ललितपुरकी २९ वर्षकी उरुषा क्षेत्रीले जापान पठाइदिने भन्दै एक व्यक्तिसँग ८ लाख ठगी गरेको आरोप छ।
दाङका ४० वर्षका पोषणराज घर्ती क्षेत्रीले जापान पठाउने भन्दै दुई जनाबाट ३४ लाख ठगी गरेको आरोप छ। नुवाकोटका २७ वर्षका केदार ढुंगाना मालदिभ्स पठाउने भनेर दुई जनासँग आठ लाख ठगीको आरोपमा पक्राउ परेका छन्।
पक्राउ परेका तीनै जनालाई ठगीमा वैदेशिक रोजगार विभागले खोजी गरिरहेकाले उनीहरूलाई आइतबारै विभाग पठाइएको कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
वैशाख ७, २०८२ आइतबार २१:५७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।