कृष्णभिरबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो।
मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको सूचनाको आधारमा पुगेको प्रहरीले तामाङलाई अचेत अवस्थामा फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार प्रहरी घटनास्थलमा पुग्दा तामाङ अचेत भेटिएको जानकारी दिए।
मोटरसाइकल समेत त्रिशूली किनारको झाडीमा भेटिएको थियो। तामाङलाई अस्पताल पूर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
वैशाख ७, २०८२ आइतबार २१:४८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।