देशभर एमएडब्लूवृद्धिका एक सय बढी चार्जिङ स्टेसन

देशभर एमएडब्लूवृद्धिका एक सय बढी चार्जिङ स्टेसन

काठमाडौं : एमएडब्लूवृद्धिले देशभर एक सय भन्दा बढी इभी चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ। 

यस अवसरमा एमएडब्लूवृद्धिले काठमाडौंमा आइतबार भव्य कार्यक्रम आयोजना गरेको थियो। 

कार्यक्रममा इभी उद्योगका विशिष्ट व्यक्तित्व, साझेदारहरू र उपभोक्ताहरूको उपस्थिति रहेको थियो। एमएडब्लूवृद्धिको चार्जिङ नेटवर्क CCS2 टाइप डीसी फास्ट चार्जर प्रविधिमा आधारित छ, जसमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन) क्षमताका चार्जरहरू छन्। 

कम्पनीले काठमाडौं, पोखरा, विराटनगर, चितवन जस्ता प्रमुख सहरहरूसँगै मुस्ताङ, डोटी, डडेलधुरा, टीकापुर, सुर्खेत जस्ता दुर्गम स्थानहरूमा पनि स्थापना चार्जिङ स्टेसनहरू स्थापना गरेको जनाएको छ। 

इभी प्रविधिमा अग्रणी रहँदै कम्पनीले स्वच्छ, हरित र स्मार्ट नेपाल निर्माणतर्फको यात्रालाई अझ बलियो बनाउँदै लैजाने विश्वास दिलाएको छ।

वैशाख ७, २०८२ आइतबार २१:२८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।