७०औँ जन्मदिनमा अन्तरिक्षबाट पृथ्वीमा अवतरण गरेका डन पेटिट

एजेन्सी : केक, उपहार र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकहरूले आफ्नो जन्मदिनमा मनाउने तरिका हुनसक्छ।
तर नासाका वरिष्ठ अन्तरिक्ष यात्री डन पेटिटले भने आफ्नो ७०औँ जन्मदिन अन्तरिक्षबाट पृथ्वीमा अवतरण गर्दै मनाए।
सात महिनाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन बसाइपछि उनी आइतबार पृथ्वीमा फर्किए।
पेटिटसँगै रहेका रुसी अन्तरिक्ष यात्री अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले २२० दिनमा पृथ्वीलाई ३,५२० पटक परिक्रमा गर्दै ९.३३ करोड माइल यात्रा पूरा गरे। कजाकिस्तानमा भएको अवतरण नासाले ‘सफल र सुरक्षित’ भएको जनाएको छ।
यो पेटिटको चौथो अन्तरिक्ष यात्रा हो, जसले गर्दा उनले अबसम्म १८ महिनाभन्दा बढी समय अन्तरिक्षमा बिताइसकेका छन्।
मिशनमा उनीहरूले पानी शुद्धीकरण, बोटबिरुवाको वृद्धि र माइक्रोग्राभिटीमा आगोको व्यवहारबारे अनुसन्धान गरेका थिए। नासा अनुसार, पेटिटको स्वास्थ्य सन्तोषजनक छ।
वैशाख ७, २०८२ आइतबार २०:४७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।