महाभोजका दुई पोस्टर : एकातिर पैसा, अर्कोतिर गाउँ

महाभोजका दुई पोस्टर : एकातिर पैसा, अर्कोतिर गाउँ

काठमाडौं : जेठ १५ लाई रिलिज मिति घोषणा गरेर प्रचारमा उत्रिएको फिल्म ‘महाभोज’को टिमले मुख्य कलाकारहरू भरिएको दुई नयाँ पोस्टर सार्वजनिक गर्यो। आइतबार सार्वजनिक भएको पहिलो पोस्टरमा मुख्य कलाकारहरूसहित पैसालाई मुख्य स्थान दिइएको छ भने अर्को पोस्टरमा ग्रामीण परिवेशलाई महत्त्व दिइएको छ।

फिल्ममा चल्तीका कलाकारहरू छन्। फिल्मप्रति दर्शकको रुचि जगाउन मुख्य कलाकारलाई पोस्टरमा महत्त्वपूर्ण स्थान दिने गरिए पनि यसको निर्माण टिमले भने भएका सबै कलाकार पोस्टरमा अटाउने प्रयास गरेका छन्। पोस्टरमा दयाहाङ राई, खगेन्द्र लामिछाने,  आर्यन सिग्देल,  अन्जना बराइली, गौमाया गुरुङ, मलिका महत सबैलाई अटाएको छ टिमले।

वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाल लगायतका छुटेका कलाकारले दोस्रो पोस्टरमा स्थान पाएका छन्। यो फिल्म दिनेश राउतको निर्देशनमा बनेको हो। तर फिल्मको परिवेश बुझाए पनि पोस्टरले फिल्मको सम्भावित कथा अनुमान पनि गर्न सकिन्न। 

वैशाख ७, २०८२ आइतबार २०:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।