प्रहरी जवानको परीक्षा दिन गएका ६ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं : प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। रत्नराज्य मावि नयाँबानेश्वरमा भइरहेको परीक्षामा अर्काको नाममा परीक्षा दिन आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मोहन सुनुवार, गोपाल शाही, मनोज शर्मा, आकाश खड्का, उमेश शर्मा र मीन रावल पक्राउ परेका हुन्। उनीहरूले सक्कली परीक्षार्थीको परीक्षा प्रवेश पत्रमा आफ्नो तस्बिर टाँसेर परीक्षा दिन गएका थिए।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको भर्ना खुलाएर परीक्षा लिइरहेको छ। शनिवारको परीक्षामा पक्राउ परेकाहरूलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ।
वैशाख ७, २०८२ आइतबार १९:४४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।