सर्लाहीमा दुई जनाको शव फेला

सर्लाही : सर्लाहीमा छुट्टाछुट्टै स्थानमा बालकसहित दुई जनाको शव फेला परेको छ।
पर्सा गाउँपालिका–४, जिगड्वास्थित इँट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्यका ४ वर्षीय सुजित माझीको इँटाभट्टा भट्टा परिसरमा खनेको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले बताए।
पर्सा–२, सङ्ग्रामपुरस्थित सैलश बाबा मन्दिरमा लागेको मेला हेर्न गएका बालक तीन दिनदेखि बेपत्ता थिए। उनका परिवारका सदस्यले खोज्नकालागि प्रहरी चौकी नारायणपुरमा निवेदन दिएका थिए। खोजी गर्ने क्रममा माझी खाडलमा डुबेको अवस्था फेला परेका प्रहरीले जनाएको हो।
यस्तै लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा एक पुरुषको शव फेला परेको छ। लालबन्दी–२, जुटपानीस्थित जीर्ण झोलुङ्गे पुलमुनि स्थानीय ४५ वर्षीय लक्ष्मण महतोको शव फेला परेको प्रवक्ता राईले जानकारी दिनुभयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वैशाख ७, २०८२ आइतबार १८:५७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।