सिंहदरबारमा विरोध प्रदर्शन गर्दा प्रहरी नियन्त्रणमा पुगेका राप्रपा नेताहरू छुटे

काठमाडौं : निषेधित क्षेत्र तोड्ने भन्दै आन्दोलित राष्ट्रिय प्रजातन्त्र पार्टीका सात जनालाई प्रहरीले नियन्त्रण मुक्त गरेको छ। आइतबार पार्टीको प्रदर्शनकोक्रममा अध्यक्ष राजेन्द्र लिङदेनसहित सात जनाले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
सिंहदरबारमा नियन्त्रणमा लिएर भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका लिङदेनसहित सातै जना नेतालाई बिजुलीबजारमा जारी आन्दोलन सकिए लगत्तै नियन्त्रण मुक्त गरिएको हो।
प्रहरीले राप्रपा अध्यक्ष लिङ्दनेसहित, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाललाई नियन्त्रणमा लिएको थियो।
वैशाख ७, २०८२ आइतबार १८:४०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।