रीता धिताल तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत

रीता धिताल तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत

काठमाडौं : सरकारले रीता धिताललाई तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत बनाएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम आज उनलाई त्यहाँका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

वैशाख ७, २०८२ आइतबार १८:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।