रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीहरूले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं : दुई रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन्। विश्वभरका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारले आइतबार प्रधानमन्त्री निवासमा ओलीसँग भेटेका हुन्।
इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताएका थिए।
कार्यक्रममा नेपाल, भुटान, भारत, अमेरिका, दुबई, बेलायत, अस्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्यान्डलगायतका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए।
वैशाख ७, २०८२ आइतबार १७:५९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।