ठगी र विश्वासघातको आरोपमा जनमतका कोषाध्यक्ष पक्राउ

ठगी र विश्वासघातको आरोपमा जनमतका कोषाध्यक्ष पक्राउ

काठमाडौं : ठगी र आपराधिक विश्वासघातको आरोपमा जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले सप्तरीको राजविराजमा पक्राउ गरेको हो।

यादवविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी र आपराधिक विश्वासघातमा जाहेरी दर्ता भएको थियो। जाहेरीको आधारमा ललितपुर प्रहरीले उनको खोजी गर्दै प्रहरी कार्यालयहरूमा पक्राउमा सहयोगका लागि पत्र पठाएको थियो। सोही पत्रको आधारमा उनी पक्राउ परेकाले प्रहरीले उनलाई राजविराजबाट ललितपुर पठाउने तयारी गरेको छ।

आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा पार्टीले उनलाई निलम्बन गर्दै स्पष्टीकरण सोधेको थियो।

वैशाख ७, २०८२ आइतबार १७:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।