कांग्रेस सभापति देउवा थाइल्यान्ड जाँदा पार्टी नेतृत्वको जिम्मा खड्कालाई

कांग्रेस सभापति देउवा थाइल्यान्ड जाँदा पार्टी नेतृत्वको जिम्मा खड्कालाई

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार थाइल्यान्ड गएका छन्। उपचारका लागि उनी थाइल्यान्ड गएका हुन्। उनी देश बाहिर रहँदा पार्टीको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन्।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु तोकेको उल्लेख छ।

वैशाख ७, २०८२ आइतबार १७:१७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।