तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु, १४ जना घाइते

तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु, १४ जना घाइते

तनहुँ : तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ। 

डुम्रे–बेँसीसहर खण्ड अन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ। 

माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको हो।
 
थापाका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ।

वैशाख ७, २०८२ आइतबार १५:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।