पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन कुनै बन्देज छैन : प्रचण्ड

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन कुनै बन्देज छैन : प्रचण्ड

मोरङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन कुनै बन्देज नभएको बताएका छन्। 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संवैधानिक कानून र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने दाबी गरे।

दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको समेत स्पष्ट पारे।

वैशाख ७, २०८२ आइतबार १५:०४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।