राजेन्द्र लिङ्देन पुगेपछि सिंहदरबारबाट निस्किए राप्रपा नेता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन बिजुलीबजारमा जारी छ। दिउँसो साढे १२ बजेबाट सुरु भएको प्रदर्शन अहिले भइरहेको छ।
प्रदर्शनमा नेताहरु मात्र सहभागी हुने भनिए पनि केही कार्यकर्ता जम्मा भएका छन्। उनहरुले बिजुली बजारमा प्रदर्शन गरिरहँदा राप्रपाको संसदीय दलको कार्यालय बाहिर राप्रपाका नेताहरुलाई बन्धक बनाएर राखिएको छ।
संसदीय दलको कार्यालयमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपकबहादुर सिंह लगाएका सांसद छन्। उनीहरूलाई डिएसपीको नेतृत्वमा रहेको टोलीले बाहिर निस्कन नदिएको राप्रपा नेताहरुको आरोप छ।
यस क्रममा प्रमुख सचेतक शाहीले त्यहाँका कमान्डरलाई बोलाएर ‘कार्यालयमै आउन भएन नि’ भनेका छन्। शाही लगायतका नेतालाई निस्कन नदिएको भनिएपछि अध्यक्ष राजेन्द्र लिङ्देन उनीहरुलाई लिन गएका थिए।
त्यसपछि भने अध्यक्ष लिङ्देनसहितका नेताहरू सिंहदरबारबाट आन्दोलनका लागि निस्किएका छन्।
राप्रपाले चैत १५ गते तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको प्रहरी दमन र हिंसात्मक आन्दोलनको छानविनका लागि न्यायिक छानविन आयोग गठन हुनपर्ने र प्रहरी हिरासतमा रहेका आफ्ना नेताहरूको रिहाइको माग गरेका हुन्।
पहिलो बाहेकका तस्बिर- दिपेश श्रेष्ठ/उकेरा
वैशाख ७, २०८२ आइतबार १४:०४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।