बिजुलीबजारको ब्यारिकेडमा पुगे राप्रपा प्रदर्शनकारी, अगाडि नबढ्न प्रहरीको माइकिङ

बिजुलीबजारको ब्यारिकेडमा पुगे राप्रपा प्रदर्शनकारी, अगाडि नबढ्न प्रहरीको माइकिङ
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोड्ने गरी अघि बढेका छन्।

उनीहरू अहिले बिजुलीबजारको मुख्य लेनमा राखिएको ब्यारिकेड तोड्ने कोसिस गरिरहेका छन्। उनीहरुले निषेधित क्षेत्र तोकिएको स्थानमा अघि नबढ्न प्रहरीले माइकिङ गरिरहेको छ।

ब्यारिकेड तोड्ने कार्य र सवारी साधनलाई क्षति पुर्याउने कोसिस गरे कानून अनुसार कारबाही गरिने चेतावनी समेत माइकिङबाट गरिरहेको छ।

शान्तिपूर्ण रुपमा भएको प्रदर्शनमा प्रहरी केही नगर्ने भन्दै सार्वजनिक सम्पति क्षति पुगेका प्रहरीले बल प्रयोग गर्ने समेत जानकारी गराइएको छ।

राप्रपाले आज निषेधित क्षेत्र तोड्न भन्ने खबर फैलिएसँगै प्रहरीले विहान १० बजेदेखि नै बिजुलीबजारको मुख्य सडकमै ब्यारिकेड राखेर ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

प्रदर्शनकारीहरू अहिले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित गृहमन्त्रीविरुद्ध समेत नाराबाजी गरिरहेका छन्।

वैशाख ७, २०८२ आइतबार १३:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।