१९ दिन शिक्षक आन्दोलन हुँदा ताला नलागेको बिजुलीबजार आसपासका सटरहरू राप्रपाको प्रदर्शनअघि नै बन्द

१९ दिन शिक्षक आन्दोलन हुँदा ताला नलागेको बिजुलीबजार आसपासका सटरहरू राप्रपाको प्रदर्शनअघि नै बन्द
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : बिजुलीबजार सडक आसपासका सटरहरू बन्द गरिएका छन्।

राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेपछि तोडफोड हुनसक्ने डरले व्यवसायीहरूले सटर बन्द गरेका हुन्।

१९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज बन्द गरिएको छ।

यसअघि चैत १५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए।

वैशाख ७, २०८२ आइतबार १२:५८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।