ट्रम्प विरुद्ध हजारौं मानिस सडकमा, निर्वासित व्यक्तिको मुद्दा पनि उठाए

ट्रम्प विरुद्ध हजारौं मानिस सडकमा, निर्वासित व्यक्तिको मुद्दा पनि उठाए

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका निर्णयहरूको विरोधमा शनिबार हजारौं मानिसहरू सडकमा उत्रिएका छन्।

यो आन्दोलनलाई ‘५०५०१’ नामले चिनिन्छ। यसको अर्थ थियो, ‘५० प्रदर्शन’, ‘५० राज्य’, ‘१ आन्दोलन’ भन्ने हुन्छ। अमेरिकामा जम्मा ५० राज्यहरू छन्।

प्रदर्शनकारीहरूले किल्मर अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत निर्वासन गरिएको र अन्य विभिन्न मुद्दाहरूको विरोध गरेका छन्। यद्यपि, ट्रम्प प्रशासन किल्मर अब्रेगो गार्सियाको अमेरिका फिर्ताको पक्षमा छैन।

यसबाहेक, प्रदर्शनकारीहरूले सरकारी जागिर कटौती गर्ने र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयको मुद्दा पनि उठाए।

वैशाख ७, २०८२ आइतबार १०:३१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।