शिक्षक महासंघले आज नौ बजेदेखि नै प्रदर्शन, माइतीघर-नयाँ बानेश्वर सडक खाली गराइयो

शिक्षक महासंघले आज नौ बजेदेखि नै प्रदर्शन, माइतीघर-नयाँ बानेश्वर सडक खाली गराइयो

काठमाडौं : शिक्षकहरुको प्रदर्शनका लागि माइतीघर-नयाँ बानेश्वर सडक खाली गराइएको छ।

सधैँ दिउँसो १२ बजेदेखि तीन बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज विहान नौ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्न लागेसँगै यो सडक खण्ड खाली गराइएको हो।

कार्यालय समयमा मुख्य बाटो खाली गराइँदा कार्यालय हिँडेका कर्मचारी तथा अन्य मानिसहरु प्रभावित भएका छन्। उनीहरुले सहायक बाटो प्रयोग गर्दा त्यस्ता बाटोहरुमा सवारी चाप बढेको छ।

दिउँसो १२ बजेपछि बिजुलीबजारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने चर्चा छ। राप्रपाले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले शिक्षक महासंघलाई विहानमा प्रदर्शन सारिदिन आग्रह गरेको थियो।

वैशाख ७, २०८२ आइतबार ०९:२८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।