दिल्लीका लागि उडेको मुख्यमन्त्री सवार विमान जयपुर डाइभर्ट

दिल्लीका लागि उडेको मुख्यमन्त्री सवार विमान जयपुर डाइभर्ट
मुख्यमन्त्री उमर अब्दुल्लाहले आफ्नो असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्नो तस्बिर पोस्ट गरेका छन्।

एजेन्सी : दिल्लीका लागि उडेको इन्डिगो एयरको विमान जयपुर डाइभर्ट भएकोमा भारतको जम्मू कश्मीर राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले असन्तुष्टि जनाएका छन्।

शनिबार-आइतबार मध्यरातमा जयपुरका लागि दिल्ली जाने इन्डिगोको उडानलाई डाइभर्ट गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरे। उनी उक्त विमानमा सवार थिए।

उमर अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे- ‘जम्मूबाट उडान भरेको तीन घण्टापछि, हाम्रो उडान जयपुर डाइभर्ट गरियो। अब म बिहान १ बजे उडानको सिँढीमा उभिरहेको छु र ताजा हावा लिइरहेको छु। हामी यहाँबाट कहिले निस्कनेछौं भन्ने मलाई थाहा छैन।’

केही घण्टा पछि, उनले अर्को पोस्टमार्फत विहान तीन बजेपछि विमान दिल्ली पुगेको जानकारी गराएका थिए।

यद्यपि, उमर अब्दुल्लाहको बयानमा इन्डिगोबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। तर, शुक्रबार साँझ एयरलाइन्स कम्पनीले ट्राभल एडभाइजरी जारी गरेको थियो।

जसमा श्रीनगरको मौसमले उडान सञ्चालनलाई असर गरिरहेको बताउँदै यस्तो अवस्थामा धैर्य गर्न र रियल टाइममा आफ्नो उडान स्थिति बारे अद्यावधिक रहन समेत आग्रह गरेको थियो।

वैशाख ७, २०८२ आइतबार ०७:५३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।