विश्व दिनभर सात तस्बिरमा : बेइजिङको सडकमा रोबोट म्याराथनदेखि इस्टरको रौनकसम्म

विश्व दिनभर सात तस्बिरमा : बेइजिङको सडकमा रोबोट म्याराथनदेखि इस्टरको रौनकसम्म
२०२५ अप्रिल १९ मा चीनको बेइजिङमा ह्युमनोइड रोबोट हाफ म्याराथनको सुरुवातमा एक रोबोट नियन्त्रण गुमाउँदै। दर्जनौं ह्युमनोइड रोबोटहरू बेइजिङका सडकहरूमा निस्किएका थिए।

काठमाडौँ :  शनिवार चीनको बेइजिङमा ह्युमनोइड रोबोट हाफ म्याराथनको आयोजना गरियो। प्रतियोगितामा दर्जनौँ रोबोटहरू सहभागी भएका थिए।  

यसैगरी शनिवार इसाई धर्मावलम्बीहरूले इस्टर मनाए। भारतको मुस्तफाबाद दयालपुर क्षेत्रमा शनिवार, बिहानै बहुतले भवन भत्किएको थियो।

बाँकी विश्वका खवर तस्बिरमा।

चीनको राजधानी बेइजिङमा अप्रिल १८ मा १५ औं बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटनको एक दृष्य। यो शुक्रबारबाट शुरु भएको हो।

यमनको रास इसा इन्धन बन्दरगाहमा अमेरिकी हवाई आक्रमणको विरोधमा उत्रिएका प्रदर्शनकारीहरू। प्यालेस्टाइनीहरूको एकताको लागि सना, यमनमा प्रदर्शनकारीहरु विरोधमा उत्रिएका थिए।

डरबनमा थिमिथि समारोहमा एक हिन्दू भक्त तातो कोइलामाथि हिँड्दै। थिमिथि एक प्रथा हो जहाँ भक्तहरू धार्मिक समर्पण वा अनुष्ठानको रूपमा तातो कोइला वा भुसको बिछ्यौनामा नाङ्गो खुट्टाले हिँड्छन्।

इजरायलले दक्षिणी गाजा स्ट्रिपमा गरेको आक्रमणकोक्रममा उत्तरी खान युनिसमा विस्थापित प्यालेस्टाइनीहरूको शिविरमाथि धुवाँ र आगोको बादल उठ्दै।

शनिबार रुसको मस्कोको क्रास्नोए सेलोको इन्टरसेप्शन चर्च बाहिर इस्टर उत्सवको तयारीमा पारम्परिक इस्टर केकहरू र रङ्गिएका अण्डाहरूलाई आशीर्वाद दिंदै।

अमेरिकाकी खेलाडी अल्यसा लिउले शनिबार टोकियोको टोकियो मेट्रोपोलिटन जिम्नेजियममा आईएसयू वर्ल्ड टिम ट्रफी फिगर स्केटिंग प्रतियोगिताकोक्रममा फ्री स्केटिंग कार्यक्रममा प्रदर्शन गर्दै।

वैशाख ६, २०८२ शनिबार २२:५६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।