निषेधित क्षेत्र तोडे कारबाही गर्ने राप्रपालाई सरकारको चेतावनी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी बिजुलीबजारमा विरोध प्रदर्शन गर्ने तयारी गरेपछि गृह मन्त्रालयले गैर कानुनी काम नगर्न चेतावनी दिएको छ।
राप्रपाले यस अगाडि नै वैशाख ७ गते निषेधित क्षेत्र तोड्नेगरि आन्दोलन घोषणा गरेको थियो। गृहले शनिवार विज्ञप्तिमार्फत समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैर कानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गर्दै यदि गरेमा कारबाही हुने चेतावनी दिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा ‘संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानुनबमोजिम कारबाही हुने’ उल्लेख छ।
वैशाख ६, २०८२ शनिबार २२:०७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।