धनगढीलाई हराउँदै ललितपुर सिटी पुग्यो एनएसएलको फाइनलमा

काठमाडौं : ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ। शनिवार भएको पहिलो क्वालिफायर खेलमा ललितपुरले धनगढीलाई हराएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ललितपुरले धनगढी एफसीलाई २–१ ले पराजित गरेको हो।
खेलको १६औँ मिनेटमै मणि कुमार लामाले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समेटिएको थियो। तर केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेको गोलका कारण सहजै धनगढी पराजित भयो।
ललितपुरले वैशाख १३ गते उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ। धनगढीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। पोखरा थण्डर्स र चितवनबीच आइतबार एलिमनेटरको खेल हुनेछ। त्यस खेलको विजेतासँग धनगढीले वैशाख १० मा प्रतिस्पर्धा गर्नेछ।
वैशाख ६, २०८२ शनिबार २१:५९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।