जेलमा खाना माग्दा चाडमा गोली हानाहान,  एक सय बढी कैदी भागे

जेलमा खाना माग्दा चाडमा गोली हानाहान,  एक सय बढी कैदी भागे

एजेन्सी : चाडमा शनिवार भएको गोलीकाण्डमा एक सयभन्दा बढी कैदी कारागारबाट भागेका छन्। कैदी र कारागारका सुरक्षागार्डबीच गोली हानाहान हुँदा तीन जनाको मृत्यु भयो। कारागारको भ्रमण गर्न गएका राज्यका गभर्नर समेत घाइते भए।

देशको मध्यमा रहेको मोङ्गो शहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रवार राति उक्त घटना भएको हो।

‘त्यहाँ करिब एक सय जना भागेका छन्, तीन जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्’, मोङ्गो अवस्थित गुयेरा प्रान्तका महासचिव हसन सुलेमाने एडमले बताए।

कैदीहरू बन्दुक चोरी गर्न प्रबन्धकको कार्यालयमा प्रवेश गरेका थिए। त्यसपछि गार्डहरूसँग गोली हानाहान भएको थियो।

मोङ्गो अधिकारीले त्यहाँ तीन जनाको मृत्यु भएको पुष्टि गरे र भागेका कैदीहरूको कुल सङ्ख्या एक सय ३२ रहेको बताए। खानाको अभाव भएको गुनासो गरेपछि कैदीहरूले विद्रोह गरेका हुन्।

वैशाख ६, २०८२ शनिबार २०:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।