गाडी चिप्लिन थालेपछि सूर्यविनायकबाट काभ्रे जाने सडक एकतर्फी बनाइयो

गाडी चिप्लिन थालेपछि सूर्यविनायकबाट काभ्रे जाने सडक एकतर्फी बनाइयो

भक्तपुर : पानी पर्न थालेसँगै अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलान्चोक जाने सडक एकतर्फी मात्र सञ्चालन गरिएको छ।

पानी पर्न थालेसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्डको सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रदीप खत्रीले बताए।

पानी परेसँगै सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ मात्र सवारी साधन चलाउन दिएको उनले बताए।

भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाइएको उनले बताए।

भक्तपुरबाट काभ्रे जाने ठुला मालवाहक सवारीसाधनलाई भने जगातीमै रोकिएको छ। सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेकाले साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारीसाधन चिप्लिने समस्या हुने गरेको छ।

वैशाख ६, २०८२ शनिबार २०:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।